This is a test

कर्मचारी नआउदा मन्त्रालयको कामकाज प्रभावित

0

दीपक जोशी, धनगढी माघ २४ गते ।

सरकारले खटाएका कर्मचारीहरु नआएपछि प्रदेश नम्बर ७ का मन्त्रालयहरुको कामकाज सुरु हुन सकेको छैन । सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका ७ ओटा मन्त्रालय र प्रदेश प्रमुखको कार्यालयका लागि आवश्यक पर्ने कर्मचारीहरु तोकीसकेको छ । तर उनिहरु यहाँ आउन नमानेपछि प्रदेश मन्त्रालयहरुको कामकाज सुरु हुन नसकेको हो ।

अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वातावरण तथा वन मन्त्रालयमा मात्रै सचिव आईपुगेका छन । ती मन्त्रालयमा पनि सचिव बाहेकका अन्य कर्मचारी आई नसकेकाले काम गर्न कठिनाई भएको छ । सरकारले प्रदेश ७ का मन्त्रालयका लागि खटाएका कर्मचारीहरु मध्ये केहि मात्रै आईपुगेका छन भने अधिकांस आउन मानेका छैनन ।

तर यहाँ हाँजिर भएका कर्मचारीहरुले जसोतसो कामकाज भने अगाडी बढाईरहेको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव प्रदिपराज कँडेलले बताउनुभयो । सात नम्बर प्रदेशमा रहने सात मन्त्रालय मध्य हालसम्म मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रदिपराज कँडेल र यज्ञ भट्टराई सहित, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पिताम्बर घिमिरे धनगढी यसअ अघि नै पुगिसकेका छन ।

भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिवमा क्षेत्रीय कृषि निर्देशनालय दिपायलका प्रमुख हरिहर अधिकारी र उद्योग पर्यटन वातावरण तथा वन मन्त्रालयको सचिवमा क्षेत्रीय बन निर्देशक सुधीर कोईरालालाई तोकेपछि दुबै जना यतै छन । प्रदेशका दुई मन्त्रालय बाहेकका सचिवहरु आईसकेपनि उहाँहरुको काममा सघाउने शाखा अधिकृतहरु, नासु, खरिदार, कम्युटर अप्रेटर सहितका सहयोगी कर्मचारीहरु आई सकेका छैनन ।

कर्मचारी उपलब्ध गराउनका लागि सचिव स्तरीय बैठकबाट नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव प्रदिपराज कँडेलले बताउनुभयो ।सचिव र आवश्यक कर्मचारी नहुँदा अहिले सात नम्बर प्रदेशमा मन्त्रालयहरुको व्यवस्थापनको कार्य पनि प्रभावित भएको छ । मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय अझै पनि निमार्णधीन अवस्थामा रहेको छ भने अन्य मन्त्रालयहरु सम्भार गरेर व्यवस्थापनका लागि टेन्डर आव्हान भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved