कर्मचारीको लपर्वाहीले कैलालीमा विकास वजेट कार्यान्वयन भएन्, ५ प्रतिशत मात्रै वित्तिय प्रगति

0

सीताराम ओझा, धनगढी २९ भदौ ।

चालु आर्थिक वर्ष ७४÷७५ को दुई महिना हुन लाग्दा पनि कैलालीमा विकास वजेट कार्यान्वयन हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीलाई हालसम्म प्राप्त वजेटको अख्तियारी अनुसार विकास निर्माणका काम अगाडी वढ्न नसकेका हुन । जिल्लामा २ अर्व ६० करोडको विकास वजेट आउँदा पनि प्रक्रिया अगाडी नवढ्दा त्यो वजेट खर्च हुन सकेको छैन । अख्तियारी पाईएको वजेट मध्येको झण्डै ५ प्रतिशत अर्थात ११ करोडको हारहारीमा खर्च भएको देखिएको छ ।

त्यसमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको ५ करोड ११ लाख र रानी जमरा कुलरीया सिंचाई आयोजनाको ५ करोड ४३ लाखको हिस्सा वढी रहेको छ । अघिल्लो वर्षमा जारी रहेको कामको भुक्तानी गरिएका कारण पनि विकास वजेट खर्च भएको देखिए पनि अन्य विकासका कामहरुले गति लिन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदन पाण्डेले बताउनुभयो । कैलालीमा अघिल्लो आर्थिक वर्षमा २ प्रतिशत मात्रै विकास वजेट खर्च भएको थियो ।

अघिल्लो वर्षभन्दा वित्तिय प्रगति केही माथि देखिए पनि विकासले गति लिएको अनुभुतीलाई कसैलाई हुन सकेको छैनन । गत जेठ १५ गते ल्याईएको वजेटलाई समयमै कार्यान्वयनका लागि त्यसको भोलीपल्ट सवै कार्यालयलाई परिपत्र गरिएको थियो । परिपत्रमा वजेट कार्यान्वयनका प्रारम्भीक चरणका कार्यहरु वातावरणीय प्रभाव मुल्यांकन, जग्गा प्राप्तथीको सुचना प्रकाशन, आयोजनाको कार्यालय स्थापना, दरवन्दी सिर्जना, जनशक्ती व्यवस्थापन,

टेण्डर डकुमेन्टको तयारी, मानव संशासन विकास ऐन नियम निर्देशिका कार्यविधि तर्जुमा संशोधन लगायतका कामहरुलाई अघिल्लो आर्थिक वर्षमै गर्न भनिएको थियो । तर जिल्लाका कार्यालयहरुले सरकारको निर्देशनको वेवास्ता गरेका छन । विकास वजेट खर्च गर्नका लागि प्रक्रिया अगाडी वढाउन नसकेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवचरण चौधरीले बताउनुभयो ।

सर्वसाधारणको जीविकासँग जोडिएको विकास मात्रै हेर्दा यो निराशाजनक नभए पनि सन्तोषजनक पनि मान्न नसकिने अर्थका जानकारहरु वताउँछन । प्रथम चौमासिकमा कम वजेट खर्च हुने भएपनि कार्यान्यनको प्रक्रिया अगाडी नवढाईदा यसले विकासका कामहरुमा प्रभाव पार्दै आएको छ । आर्थिक वर्ष सकिने वेला तात्ने विकास काम गर्ने कार्यालयहरुले अहिलेदेखि विकास वजेट खर्च गर्नका लागि लाग्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शिवचरण चौधरीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved