This is a test

करागारमा स्वास्थ्य कर्मी नबस्दा कैदीलाई समस्या

0

जगदीश रोकाया, बझाङ माघ ०५ गते ।

बझाङको जिल्लाको चैनपुरमा रहेको कारागारमा स्वास्थ्यकर्मी नहुदाँ कैदीलाई उपचारमा समस्या भएको छ । एक वर्ष अगाडी कार्यरत एच.ए सेते नेपाली सरुवा भएर गएपछि हाल सम्म कारागारमा स्वास्थ्यकर्मी आएका छैनन् । सेती नेपाली आउनु भन्दा अगाडी कारागारमा गंगा जोशी काजमा सेवा दिदै आएका थिए ।

सिनियर अहेबको दरवन्दी रहेको कारागारमा स्वास्थ्यकर्मी नियमित नबस्दा कैदी विरामी परेका बेला औषधी उपचार गर्न समस्या हुदै आएको कारागारका जेलर राजेन्द्र बोहराले बताउनुभयो । सात वर्ष अगाडी देखी कारागारमा सिनियर अहेबको दरबन्दी स्थापना गरेको भएपनि नियमित रुपमा हाल सम्म पनि अहेवहरु त्यहाँ बसेका छैनन् ।

कैदीका नाईके लक्ष्मण रावलले कैदीहरुले विरामी हुदाँ औषधी नपाएर वाहिर बाट महंगोमा औषधी, उपचार गराउनुपर्ने बाध्यता रहेको बतउनुभयो । कारागारका कैदीहरुको सेवा सुविधाका लागी सम्वन्धीत निकायले वेवास्था गरेको उनिहरुको गुनासो छ । २५ जना बस्ने क्षमता रहेको बझाङ कारागारमा हाल ५४ जना कैदीहरु अप्ठेरो गरि बसेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved