This is a test

कमिसन सेटिङ नमिलेकै कारण जग्गाको टेन्डर रद्ध गरिएको खुलासा, सदर हुन लागेको निवेदन फिर्ता लिन २ करोडको प्रलोभन

0

दीपक जोशी, धनगढी २१ साउन ।

नेपाल आयल निगमले धनगढीको डिपोलाई अन्यन्त्र सार्ने भन्दै जग्गा खरिदका लागि निकालेको टेन्डर कमिसनको सेटिङ नमिलेका कारण रद्ध गरिएको खुलासा भएको छ । जग्गा दिनका लागि पाँच ओटा ईच्छापत्र सहितका निबेदन परेपनि आयल निगमले मापदण्ड नपुगेको भन्दै टेन्डर रद्ध गरेको थियो ।

तर जग्गा दिन तयार भएर टेन्डर भरेकाहरुले कमिसनको सेटिङ नमिलेका कारण टेन्डर रद्ध गरिएको आरोप लगाएका छन । लामो समयसम्म कमिसनको सेटिङ मिलाउन प्रयास गरिए पनि जग्गा धनीले कमिसन लिन र दिन नमानेका कारण टेन्डर नै रद्ध गरिएको उनिहरुको आरोप छ ।

सबैभन्दा सस्तो प्रतिकट्ठा ५ लाख ९९ हजारमा टेन्डर भरेकाहरुलाई आफ्नो निवेदन फिर्ता लिन करौडौंको प्रलोभन आएको कुरा पनि सार्वजनिक हुन आएको छ । आफुहरुले भरेको टेन्डर सदर हुने पक्का भईसकेको अवस्थामा समेत कमिसनमा कुरा नमिलेपछि टेन्डर नै रद्ध गरिएको जग्गा धनीले बताएका छन ।

आफुहरुलाई निवेदन फिर्ता लिन भन्दै २ करोडको प्रलोभन आएको जग्गा धनी वसन्ता रोकायाले बताउनुभयो । निगमले डिपो स्थापनाका लागि अत्तरिया क्षेत्रबाट २० किलोमिटर भित्र, बाटो भएको र राजमार्गबाट नजिक भएको जग्गाको मापदण्ड तोकेको थियो । तर आफुहरुले बिक्री गर्न चाहेको जग्गा सबै किसिमले मापदण्ड भित्रै पर्ने भएपनि निगमले मापदण्ड नपुगेको भन्दै रद्ध गर्नुको रहस्य कमिसनको सेटिङ नमिल्नु नै रहेको दावी जग्गा धनिले लगाएका छन ।

आयल निमगले बोलपत्र आह्वान गरेपछि ५ स्थानबाट जग्गा दिन सकिने भन्दै निबेदन परेको थियो । निगमले अत्तरीया क्षेत्रलाई केन्द्रित गरी ४ वटा ईलाका छुट्याएर जग्गा विक्री गर्न ईच्छुक जग्गा धनीका लागी बोलपत्र आह्वान गरेको थियो । जस अनुसार परेका पाँचओटा टेन्डर मध्ये सबैभन्दा कम ५ लाख ९९ हजार र सबैभन्दा बढी १३ लाख रुपैया प्रतिकठ्ठाका दरले जग्गा दिन सकिने भन्दै निवेदन परेका थिए । निगमले कैलालीका लागि जग्गा माग गरेकोमा बुटवल र काठमाडौ सम्मका जग्गा कारोवारीहरुले टेन्डर भरेका थिए ।

तर उनिहरुको टेन्डर सदर नहुने देखिएपछि करोडौ रकमको प्रलोभन दिएर न्युनतम दरमा टेन्डर भरेकाहरुलाई निवेदन फिर्ता लिन आग्रह गरिएको जग्गा कारोवारीका स्थानिय सहयोगी योगेन्द्र बोगटीले बताउनुभयो । जग्गा धनीहरुले सबै किसिमले उपयुक्त र निगमले माग गरेको मापदण्ड अनुसारकै जग्गा बिक्री गर्न चाहेपनि मापदण्ड नपुगेको भन्दै टेन्डर रद्ध गरिएपछि निगमका पदाधीकारीहरु शंकाको घेरामा तानिएका हुन ।

तर कमिसन भन्दापनि जग्गाको मापदण्ड नै नपुगेका कारण टेन्डर रद्ध गरिएको आयल निगमका केन्द्रीय प्रवक्ता सिताराम पोख्रेलले बताउनुभयो । भारतिय नाकाबन्दीपछि नेपालमा ईन्धनको हाहाकार हुदा सरकारले धनगढीका लागि पनि कम्तीमा ९० दिनको इन्धन भण्डारण क्षमता पुगाउनका लागि झण्डै २० विगाह जग्गा खरीद गर्न टेन्डर आह्वान गरेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved