कञ्चनपुरमा राप्रपा(प्रजातान्त्रिक) गठन

0

महेन्द्रनगर, २५ असोज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट अलग भएर गठन भएको राप्रपा (प्रजातान्त्रिक) ले कञ्चनपुरमा समेत आफ्नो जिल्ला कार्यसमिति गठन गरेको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा भएको भेलाले जिल्ला कार्य समिति चयन गरेको हो । मंगलबार भएको भेलाले शेरबहादुर चन्दको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा धिरेन्द्र डगौरा, उसा थापा, महावीर कार्की, विरवहादुर शाह चयन भएका छन् । यस्तै सचिवमा दिलबहादुर नाथ र हरिहर पाण्डेय चयन भएका छन् । कार्य समितिको कोषाध्यक्षमा धु्रवराज भट्ट र सहसचिवमा खडक एसके र देवकि भट्ट रहेका छन् । राप्रपा(प्रजातान्त्रिकका) सात नम्बर प्रदेश संयोजक धर्मराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह–संयोजक अरुण चन्द, पुष्करदत्त भट्ट र केन्द्रीय सदस्य रणबहादुर वलायरको समेत सहभागिता रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved