This is a test

कञ्चनपुरमा नक्कली नोट छाप्ने २ जना भारतिय नागरीक पक्राउ

0

दीपक जोशी, धनगढी पुस २८ गते ।

प्रहरीले नेपाली नक्कली नोट छाप्ने गिरोह मध्येका दुई जना भारतिय नागरीकलाई कञ्चनपुरबाट पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ दशगजा नजिक दुमली भन्ने ठाउबाँट उनिहरुलाई बिहिवार राती रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाट १ बस्ने २२ बर्षिय बलबीर सिंह र सोही ठाउ बसने १९ बर्षिय अनमोल भनिने कृष्ण सिंह रहेका छन ।

उनिहरुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजार को साईजमा काटिएका कागजका टुक्राहरु साथै सो कार्यमा प्रयोग हुने बिभिन्न केमिकलहरु र लेन्स पनि बरामद गरिएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved