This is a test

एसिया कप छनौट खेल्न नेपाली फुटबल टोली आज ताजकिस्तान जाँदै

0

काठमाडौं, २० असोज ।

एसिया कप फुटवल छनौट खेल्न नेपाली टोली शुक्रबार बेलुकी ताजकिस्तान जाँदैछ । नेपालले आउँदो मंगलबार ताजकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ एन्फाले आजै बिदाई गर्दैछ । नेपाल एक महिनाअघि काठमाडौमा भएको खेलमा ताजकिस्तानसँग पराजित भएको थियो । नेपाली टोलीमा टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने, र विकेश कुथु छन् । यस्तै, डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ्ग, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् भने मिडफिल्डरमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् । यस्तै, फरवार्डमा विमल घर्तिमगर, जर्ज्प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् । छनौटको समूह एफमा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा छ । यमनको ५ र ताजकिस्तानको ३ अंक छ । यो समूहको शीर्ष २ मा हुने टोलीले सन् २०१९ मा हुने एशिया कप फुटबल खेल्न पाउने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved