This is a test

एमाले र माओवादीबीच पार्टी एकता छिट्टै हुन्छ : एमाले नेता नेपाल

0

धनगढी, माघ २५ गते ।

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्र बीच पार्टी एकता छिट्टै हुने वताउनु भएको छ । टीकापुर महोत्सवको उद्घाटनका लागि आउनु भएका नेपालले धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो वताउनु भएको हो । दुवै पार्टीका नेताहरुलाई चीत्तबुझ्दो स्थान दिएर पार्टी एकता गर्नुपर्ने भएकोले कसरी एकीकरण गर्ने भन्ने विषयमा दुवै पार्टीका नेताहरु छलफलमा रहेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता नेपालले पार्टी एकतापछि मात्रै सरकार गठनको काम हुने जिकिर गर्नुभयो । यस्तै टीकापुरमा बिहिबारबाट शुरु भएको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता नेपालले अब बन्ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको आधार बनाउने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यवसायीकीकरण गर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता नेपालले सबै युवा र नेपाली नागरिकमा उद्यमशिलताको विकास भएमा अर्थतन्त्रको विकास हुने बताउंदै आफू प्रधानमन्त्री हुंदा टीकापुरमा पोलिटेक्निक इन्सिच्युट, रानी जमरा कुलरिया सिचाई आयोजना लगायत विकासका पूर्वाधार खडा गरेको दावी गर्नुभयो । टीकापुर उद्योग वाणिज्य संघले तीन सुत्रीय माग पूर्व प्रधानमन्त्री नेपाल समक्ष राखेको थियो । महोत्सव टीकापुर उद्योग वाणिज्यका अध्यक्ष परसुराम चपाईको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved