This is a test

एमालेसंग पनि तालमेल हुन सक्छ : माओवादी नेता भट्ट

0

दीपक जोशी, धनगढी ३० भदौ ।

एमाले नेताहरुले कांग्रेस माओवादीको तालमेलले मुलुकको राष्ट्रियता खतरामा परेको आरोप लगाईरहेका बेला नेकपा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य लेखराज भट्टले आफुहरुले एमालेसंग पनि तालमेल गर्ने ढोका खुला राखेको बताउनु भएको छ । बिहीवार धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै पुर्वमन्त्री भट्टले सबै गणतन्त्रवादी पार्टीहरुसंग आफुहरुको चुनावी तालमेल हुन सक्ने बताउनुभएको हो । केन्द्रमा कांग्रेस माओवादी गठबन्धनको सरकार भएकै भरमा चुनावमा एमालेसंग तालमेल नगर्ने निति पार्टीको नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

केहि दिनअघि धनगढीमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष भिम रावलले कांग्रेस माओवादीले तालमेल गरेर एमाले सिद्धाउने चलखेल सुरु गरीरहेको आरोप लगाउनुभएको थियो । तर माओवादी नेता भट्टले भने आवश्यक परे अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेसंग पनि तालमेल हुनसक्ने बताउनुभयो । भट्टले अहिले तालमेलको ढोका खुला भएपनि कुनै पार्टीसंग छलफल भने चलि नसकेको बताउनभुयो । भट्टले आफुलाई कैलाली क्षेत्र नम्बर ४ बाट चुनाव लड्न सुभेच्छुकहरुले आग्रह गरिरहेको, पार्टीभित्र पनि छलफल चलेको तर आधिकारीक निर्णय भने भईनसकेको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved