This is a test

एनसेलको फोरजी सेवा अब धनगढीमा

0

देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा आईतवार देखि धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । आइतबार देखि धनगढीमा फोरजी सेवा संचालनमा आएको एनसेलकाकर्पोरेट सर्भिसेज्का निर्देशक प्रणय आचार्यले बताउनुभयो ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् । सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ ।

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका, बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्कतिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकतावा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved