एडिबिमा परिसकेको भन्दै धनगढीका भत्केका सडक मर्मत गर्न उपमहानगरपालिका उदासिन

0

दीपक जोशी, धनगढी २८ भदौ ।

धनगढी उपमहानगरपालिकामा एसियाली बिकास बैंकको ऋण लगानीमा सुरु भईरहेको क्षेत्रिय शहरी विकास आयोजना लागु हुने चर्चासंगै भत्केका सडकहरुमा सामान्य मर्मत समेत ठप्प भएको छ । नगरका अधिकांस सडकहरु एडिबिले निमार्ण गर्ने भन्दै मर्मतका लागि उपमहानगरपालिकाले चासो नदेखाएपछि उपमहानगरवासिलाई आवागमनमा असहज भएको छ । केहि बर्ष पहिले धनगढीको बसपार्क अगाडी भत्कीएर लथालिंग भएको मुख्य सडक मर्मत गर्न बजेट छुट्याएको भन्दै निर्वाचीत सांसद पुष्करनाथ ओझाले बिरोध जनाउनुभएको थियो ।

क्षेत्रीय शहरी विकास आयोजनामा परेको सडकमा कालोपत्रेका लागि बजेट छुटयाएर खर्च बढाउने काम गरेको भन्दै सांसद ओझाले पत्रकार सम्मेलन गरेरै बिरोध जनाउनुभएको थियो । तर अहिले उक्त सडक स्थानिय बजेट मार्फत नै मर्मत गरेर पुनः भत्कीने अवस्थामा पुगिसकेको छ । एडिबिले आफ्नो योजनाहरु कार्यान्नयनमा ल्याउन अझै कम्तीमा पनि डेढ दुई बर्ष लाग्ने एडिबि परियोजनाको परामर्षदाता कम्पनीका निर्देशक अनिल नेपालले बताउनुभयो । धनगढीका अधिकांस सडकहरु क्षेत्रिय शहरी विकास परियोजनामा परिसकेको भन्दै उपमहानगरपालिकाले मर्मतका लागि चासो नदेखाउदा आम सर्वसाधारणहरु भने समस्यामा परेका छन ।

एडिबिले आफ्नो मापदण्ड अनुसारको सडक निमार्ण गर्ने भएपनि उपमहानगरपालिकाले भने अहिले सामान्य मर्मत समेत नगरिदिदा समस्या भएको देवे बुढाले बताउनुभयो । हाल धनगढीको डिभोटी चौकदेखी पिपलचौतारा जोड्ने सडक ग्यालेक्सी स्कुल जाने सडक, मालपोत सडक, क्याम्पसरोड जुगेडा सडक र बोराडाँडी तारानगर सडक लगायतका अधिकांस सडकहरु भत्कीएर सवारी आवागमन गर्नै नसकीने अवस्थामा पुगेका छन । कतिपय कालोपत्रे गरिएका सडक कच्ची सडकको भन्दा पनि खराव अवस्थामा छन ।

तर उपमहानगरपालिकाले एडिबि आयोजनाको रटान लगाउदै मर्मतका लागि कुनै ध्यान दिएको छैन । धनगढी उपमहानगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि एडिबिले निमार्णको काम सुरु गर्न कम्तीमा डेढ बर्ष लाग्ने कुराको राम्रो जानकारी छ । तर उनिहरु भत्केका सडक मर्मतमा लगानी गर्न कन्जुस्याई गरिरकेका छन । एडिबिमा परिसकेका सडकमा हाललाई ठुलो लगानी नगर्ने निति रहेको उपमहानगरपालिकाका ईन्जीनियर दिजराज भट्टले बताउनुभयो ।

भत्कीएका सडकमा नगरवासिहरुले जसोतसो दुःखदायी यात्रा गरिरहेका भएपनि रुवस होटेल हुदै बैयाबेहडी जाने सडकमा पर्ने कल्भर्ट भत्कीदा त्यहाँ उपमहानगरपालिकाले कल्भर्ट जिर्ण अवस्थामा रहेको भन्दै ठुला सवारी साधन नगुडाउन भन्दै साईनबोर्ड टाँसेको छ । उक्त कल्भर्ट सामान्य रकममा मर्मत हुन सक्ने अवस्थामा छ तर उमहानगरपालिकाका कर्मचारी तथा निर्वाचीत प्रतिनिधिहरु त्यसलाई पनि एडिबिले बनाउने भन्दै आनन्दसंग बसिदिएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved