This is a test

एचआईभी संक्रमितहरुलाई छाँक टार्न धौ धौ

0

सिताराम ओझा, धनगढी माघ २७ गते ।

प्रदेश नम्वर ७ का एचआईभी संक्रमितहरुलाई छाँक टार्न धौ धौ भईरहेको छ । ठुलो संख्यामा भारतमा रोजगारीका लागि जाने गरेका कारण त्यसवाट संक्रमित भएका पुरुष र आफ्ना श्रीमानवाट संक्रमित वनेका महिलाहरुलाई साँझ विहानको खानाको जोहो गर्न कठिनाई भईरहेको हो ।

संक्रमित वनेका वेला झन पोषणयुक्त खाना खानुपर्ने बेलामा संक्रमितहरु खाली पेटमै औषधी सेवन गर्न वाध्य भएका छन । सामान्य अवस्थाको भन्दा पोषिलो खाना खानुपर्ने भएपनि प्रदेश नम्वर ७ का एचआईभी संक्रमितहरुलाई छाकटार्न गाह्रो भैरहेको छ । अधिकांस एचआईभी संक्रमितहरु गरिव, बिपन्न र पछाडी परेका समुदायका रहेका कारण उनीहरु साँझ विहानको खानाको लागि समस्या भोगिरहेका छन ।

घरमा खानेकुरा नहुँदा यहाँका एचआईभी संक्रमितहरु भोको पेटमै औषधी खान बाध्य छन् । आवश्यकता भएपनि त्यसलाई पुरा गर्नका लागि आर्थिक अबस्था निकै कमजोर भएका कारण ज्याला मजदुरी गरेर पनि खाना खाएको पेटमा औषधी सेवन गर्न नसकीरहेको एचआईभी संक्रमित गोरख बहादुर विकले बताउनुभयो ।

सामाजिक रुपमा सहज जीवनयापन गर्न समस्या भईरहेका वेला एचआईभी संक्रमितमहरुले खाना लाउनकै समस्या हुन थालेपछि उनीहरु थप मर्कामा परिरहेका छन । आफुहरुलाई औषधी सेवन गर्नका लागि एआरटी सेन्टरसम्म पुग्नका लागि समस्या भईरहेको एचआईभी संक्रमित नर्मता टमटाले बताउनुभयो ।

केही संस्थाले एआरटी औषधी खाईरहेका संक्रमितहरुलाई पोषण सहयोग कार्यक्रम संचालन गरिरहेका भएपनि सबै संक्रमित समेटिन सकेका छैनन् । कैलाली जिल्लामा मात्रै ११ सय ९६ जनाले धनगढी र टीकापुरका एआरटी सेन्टरवाट औषधी सेवन गरिरहेका छन । तर संक्रमितहरुको खाद्य अधिकार हनन भईरहेको सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख लोकराज पनेरुले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved