This is a test

एक महिनादेखी मर्मत भएनन् कल्भर्टको बिच भागमा परेको प्वाल

0

दीपक जोशी, धनगढी, पुस १४ गते ।

धनगढी उपमहानगरपालिकाको हसनपुर स्थित क्याम्पस जाने बीच बाटोमा परेको खाल्टो पुरिए पछि फेरी त्यसै आसपासमा कल्भर्टको बिचमा परेको प्वाल लामो समयसम्म पनि मर्मत नहुदा दिनहु दुर्घटनाहरु भईरहेका छन । हसनपुर देखी नैनादेबी मन्दिर जाने चौराहको कल्भर्टको बिच भागमा बिगत एक महिना देखी ठुलो प्वाल परेको छ । तर उक्त कल्र्भट मर्मतका लागि कसैले चासो देखाएका छैनन ।

दैनिक हजारौ बिद्यार्थीहरुले आवतजावत गर्न उक्त कल्र्भट मर्मत नहुदा दिनहु दुर्घटनाको जोखिम बढेको छ । बिहानीको समयमा अति व्यस्त रहने हसनपुर नैनादेवी चौक चौराहको कल्र्भट एक महिनादेखी भत्कीएको अवस्थामा रहेपछि बिद्यार्थीहरु अति चनाखो भएर साईकल गुडाईरहेका छन । हसनपुर बाट नैनादेबीतिर मोडने सडकमा हालिएको कलभर्ट भत्कीएको एक महिनाभन्दा बढी समय भईसकेको भएपनि कुनै निकायले र्ममत तर्फ ध्यान नदिएको स्थानीय भुवन जोशीले बताउनुभयो ।

स्थानीयले भत्किएर प्वाल परेको ठाउ वरिपरि त्यहाँ ठुलठुला ढुंगा राखेर संकेत गरेका छन । दिनभरी मानिसहरुको आवागमनले अति व्यस्त रहने यो कल्भर्ट नजिकै नेपाली कांग्रेसको पार्टी कार्यालय पनि छ । सोहि सडक भएर कांग्रेसका नेताहरु पनि पार्टि कार्यालय आवतजात गर्छन । उपनगरपालिकाका कैयौ कर्मचारीहरु पनि सोही बाटो भएर कार्यालय जाने गरेका छन ।

तर आफ्नै पार्टीका नेताहरु वडाअध्यक्ष, मेयर उपमेयरमा निर्वाचीत भएर पनि भत्कीएको सामान्य कल्भर्ट मर्मतका लागि पहल नगरेको धनगढीकै स्थानीय चक्र देउवाले बताउनुभयो । भन्दै स्थानिय रुष्ट छन । मुख्य सडकको कल्भर्ट मर्मतका लागि पनि कसैले ध्यान नदिएपछि सो क्षेत्रका वासिन्दा रुष्ट छन । स्थानिय तहमा जनप्रतिनिधिहरु आएका बेला समेत स सानो काममा लापवार्ही भएपछि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझै भएको स्थानियको भनाइ छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved