एकिकृत राप्रपा (राष्ट्रवादी) को प्रदेश स्तरीय भेला सम्पन्न

0

विपी अनमोल, महेन्द्रनगर २२ असोज ।

एकिकृत राप्रपा (राष्ट्रवादी) को ७ नम्बर प्रदेश स्तरीय भेला कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचका बारेमा पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उद्येश्यले भेलाको आयोजना गरिएको एकिकृत राप्रपाले जनाएको छ । भेलामा पार्टी गठन भइसकेपछि पार्टीले लिएको राष्ट्रिय एजेन्डा, अहिलेको समसामयिक राजनीतिक परिवेश लगायतका पार्टीले आगामी दिन अघि बढाउने एजेन्डाका बारेमा समेत जानकारी दिन भेला आयोजना गरिएको एकिकृत राप्रपा कञ्चनपुरका सभापति तुलबहादुर थापाले जानकारी दिनुभयो ।

भेलामा पार्टीका नेता कार्यकर्ता र विभिन्न जनवर्गिय संगठन आबद्व कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । भेलालाई पार्टीका बरिष्ट उपाध्यक्ष तारानाथ लुईटेलले सम्बोधन गरेका थिए । भेलामा पार्टीका महामन्त्री, सहमहामन्त्री लगायत नेताहरुले समेत सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै बरिष्ट उपाध्यक्ष तारानाथ लुईटेलले राष्ट्रवादी पार्टीका रुपमा अघि बढाएर लैजानका लागि एकिकृत राप्रपा गठन गरिएको भन्दै त्यसै दिशामा अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved