एकलौटी विजेता घोषणा गरेको भन्दै कञ्चनपुरको लालझाडी युवा क्लबद्धारा पुनः फाईनल खेलाउन माग

0

सीताराम ओझा, धनगढी २२ असोज ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा सञ्चालन भएको आठौ रनिङ चाँदी कपको एकलौटी विजेता घोषणा गरेको भन्दै फाईनलमा पुगेको क्लवले पुनः खेल खेलाउन माग गरेको छ । शनिवार कञ्चनपुरको पुर्नवासमा पत्रकार सम्मेलन गर्दै फाईनलमा पुगेको लालझाडी युवा क्लव ११ ले आयोजक सिद्धार्थ युवा क्लवले आफुहरुसँग सहमति नलिएर एकलौटी र मनोमानी रुपमा युनाईटेड आईवीआरडीलाई विजेता घोषणा गरेकोमा विरोध जनाउँदै पुनः फाईनल खेल खेलाउन माग गरेको हो । शुक्रवार भएको फाईनल खेलमा लालझाडी युवा क्लव ११ र युनाईटेड आईवीआरडी विच ३–३ को वरावरी भएको, त्यसपछि अतिरिक्त समयमा कुनै गोल नभएपछि दुवै टीमका ६–६ जनाले गोल हान्दा पनि वरावरी भएपछि राती भएको भन्दै आयोजकले प्रमुख अतिथि लगायतलाई विहान ८ वजे निमन्त्रणा दिएर घर फर्काएको थियो । तर आफुहरुसँग कुनै सल्लाह नै नगरी एकलौटी रुपमा आयोजकले राती नै विपक्षी क्लवलाई विजेता घोषणा गरेपछि विरोधमा उत्रिएको क्लवका महासचिव हर्क दानपालीले वताउनुभयो । फिफाको नियमाअनुसार पुनः खेल सञ्चालन गर्नका लागि क्लवले माग गर्दै आयोजकले गल्ती नसच्चाएमा क्लवलाई कारवाही र खारेजीका लागि उजुरी गर्दै चक्काजाम लगाएका कार्यक्रम अगाडी वढाउने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । साथै क्लवका पदाधिकारीमाथि भएको दुव्र्यवहार र सवारी साधनमाथि भएको तोडफोडको समेत निन्दा गरिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved