This is a test

उम्मेदवार वन्ने आकांक्षीहरु धेरै भएपछि प्रमुख दलहरुलाई उम्मेदवार छान्न सकस

0

सीताराम ओझा, धनगढी २१ असोज ।

आगामी मंसीर २१ गते हुने आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन लड्नका लागि आकांक्षीहरु निकै बढेपछि कैलालीमा उम्मेदवार छान्न राजनीतिक दलहरुलाई सकस भएको छ । प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेको कैलालीमा आकांक्षीहरुको संख्या धेरै भएपछि यसले सकस भएको हो । नेपाली काग्रेंसवाट जिल्लामा सवैभन्दा वढी २४५ जना आकाक्षी देखिएका छन । कम सिटका लागि धेरै जनाको नाम क्षेत्रीय समिती हुँदै जिल्लामा पुगेपछि जिल्ला कार्य समितीको वैठकले उम्मेदवारका सवै आकांक्षीको नाम पार्टीको केन्द्रमा पठाएको छ । तर अन्य दलहरुसँग तालमेल भएमा केही क्षेत्र गुमाउने भएका कारण त्यहाँवाट नाम सिफारिस भएकालाई कसरी मनाउने भन्ने पीर परेको छ नेपाली काग्रेंस कैलालीका सचिव पुर्ण कुँवरले बताउनुभयो । पार्टीहरुले नाम सिफारिस गर्न भनेपछि क्षेत्रीय समितीहरुले धेरै जनाको नाम सिफारिस गर्ने गरेका छन । आकाक्षीहरु वढी भएका कारण उनीहरुलाई तल्लो तहमा रोक्न नसकेर जिल्ला हुँदै केन्द्रमा नाम सिफारिस हुने गरेको छ । नेकपा एमालेले पनि प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्ष र समानुपातिका आकांक्षीहरुको नाम केन्द्रमा पठाउने भएको छ । माओवादी केन्द्रसँग चुनावी तालमेल भएपछि समस्यामा परेको एमालेले सवै क्षेत्रका उम्मेदवार वन्न चाहने नेताहरुको नाम प्रदेशमा पठाउने तयारी गरेको हो । एमालेले पनि माओवादी केन्द्रसँग तालमेल गरेर अगाडी वढ्ने सहमति गरेका कारण यसले पनि समस्या आउन सक्ने देखिएको नेकपा एमाले कैलालीका सचिव रणवहादुर चन्दले बताउनुभयो । यता, नेकपा (माओवादी केन्द्र) लाई पनि जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन आकाक्षी बढेकैले सकस परेको छ । दुवै निर्वाचनका लागि जिल्लामा ६० जनाको नाम सिफारिस गरिएको छ । एमालेसँग तालमेल भएपछि एक तिहाईभन्दा वढी स्थान पाउने माओवादी केन्द्रले सिफारिस गरिएका धेरै उम्मेदवारलाई फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि नाम सिफारिस गरिएकाहरुलाई भनिएको माओवादी केन्द्रका प्रवक्ता रमेश धामीले बताउनुभयो । ठुला राजनितिक दलहरुसँग अन्य दलहरुले पनि उम्मेदवार छनोट गर्नका लागि सिफारिस गरिरहेका छन । कैलालीमा भएका दुई थरी आन्दोलनका घटक मानिएका दल अव हुने प्रदेश र प्रतिनिधि सभामा एकै कित्तावाट चुनावी मैदानमा होमिदै छन । नेपाली काग्रेंसले कैलाली कञ्चनपुरलाई अखण्ड सुदुरपश्चिमको वकालत गरिरहेका वेला दुवै जिल्लालाई थरुहट थारुवान प्रदेश हुनुपर्ने माग गरिरहेका लोकतान्त्रिक फोरम थरुहट तराई पार्टी मिलेर वनेको नेपाल लोकतान्त्रिक फोरम सँगसँगै सहकार्य गरेर चुनाव लड्ने तयारीमा लागेको छ । विभिन्न साना राजनितिक दलहरुले पनि आफ्ना उम्मेदवारहरु छनोटको काम गरिरहेको अवस्थामा वैकल्पिक शक्तीका रुपमा रहेको विवेकसील साझा पार्टीले पनि दुवै चुनावको लागि उम्मेदवार छनोटको काम गरिरहेको छ । हालै भएको एमाले माओवादी केन्द्र नयाँ शक्तीको एकता र नेपाली काग्रेंस लोकतान्त्रिक फोरम वीच हुने सहकार्यले समस्या हुने आशंका गरिएका वेला विवेकसील साझा पार्टीले भने दलहरुको चुनावी तालमेलले केही फरक नपर्ने जनाएको छ । मतदाताहरुमा राजनितिक दलहरु प्रति वितृष्णा रहेकोले तालमेलले केही फरक नपर्ने र केही दिनमा उम्मेदवारको टुङगो लगाउने विवेशसील साझा पार्टीका प्रदेश सहसंयोजक दिनेशराज भण्डारीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved