उप–महानगरपालीकाले फोहोरमैला व्यवस्थानका लागी जग्गा खोज्ने कार्यलाई अन्तीम रुप दिन सकेन

0

नराज पनेरु, धनगढी २८ भदौ ।

कैलाली, कञ्चनपुरका एक उप–महानगरपालीका र ३ वटा नगरपालीकामा एसियाली विकास बैंकको ऋण लगानीमा लागु भएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तरगत फोहोरमैला व्यवस्थानका लागी सम्वन्धीत स्थानीय तहले अझै सम्म पनि जग्गा खोज्ने कार्यलाई अन्तीम रुप दिन सकेका छैनन् । फोहरमैला व्यवस्थापनको जग्गा किन्नका लागी आयोजनाले नै ९० प्रतिसत रकम भुक्तानी गर्ने प्रावधान छ । उप–महानगरपालीका र नगरपालीकाले भने जग्गा खोज्ने कार्यलाई अन्तीम रुप दिन सकेका छैनन् ।

२ बर्षदेखी जग्गा खोजीरहेको धनगढी उप–महानगरपालीकाले स्थानीयको अवरोध हटाउन नसक्दा फोहोरमैला व्यवस्थापनको जग्गा टुङगो लगाउन सकेको छैन भने अन्य तिन नगरपालीका गोदावरी, शुक्लाफाटा र भिमदत्त नगरपालीकाले भने बनको जग्गामा फोहरमैला व्यवस्थापन गर्ने तयारी गरेका छन् । धनगढीको स्थानीयको अवरोध तथा अन्य नगरपालीकामा बनको जग्गा लिनुपर्ने हुँदा अझै जग्गा प्राप्तीमा समय लाग्ने देखीएको छ । धनगढी उप–महानगरपालीकाले वडा नम्वर २ मा फोहरमैला व्यवस्थापनका लागी ३५ देखी ४० विगाह जग्गा खरीद गर्ने तयारी गरेको २ बर्ष वितीसकेको छ ।

४० विगाह जग्गा मध्ये आधा जग्गा धनिले उप–महानगरपालीकालाई मन्जुरी पत्र पनि दिईसकेका छन् । तर अन्य जग्गा धनीले आफ्नो रोजीरोटी सोही जग्गाबाट भईरहेको भन्दै जग्गा दिन नमानेपछि नगरपालिका सकसमा परेको छ । जग्गा विक्रि गर्न नचाहेका जग्गा धनीलाई सहमतीमा ल्याउनका लागि त्यत्ती धेरै प्रयास पनि यसअघि भएको देखिन्न । तर परामर्शदाता कम्पनीले एक महिना भित्रै जग्गाको टुंगो लगाउन आग्रह गरेपछि अव भने नगरपालिका तात्ने धनगढी उप–महानगरपालीका मेयर नृप ओडले बताउनुभयो ।

जग्गा प्राप्ती तथा जग्गा खरीद ऐन २०३४ अनुसार जग्गा खरीदका लागी प्रारम्भीक अधिकारी तोक्नुपर्ने नियम अनुसार, स्थानीय विकास मन्त्रालयले धेरै पहिले नै नगरपालीकाका कार्यकारी अधिकृतहरुलाई प्रारम्भीक अधिकारी पनि तोकीसकेको छ । उता गोदावरी नगरपालीकाले पनि फोहर व्यवस्थापनका लागी चाहीने १३ विगाह जग्गा खोज्न त्यति चाँसो दिएको देखीन्न ।

नगरपालीका भित्रको चाहना सामुदायीक बन लगायत तिन चार वटा सामुदायीक बनमा जग्गा हेरीएपनि कुन सामुदायीक बनको जग्गा लिने भन्नेमा टुंगो नलागेको गोदावरी नगरपालीकाका मेयर हरीसिह साउदले बताउनुभयो । सावीकको झलारी पिपलाडी अर्थात अहिलेको शुक्लाफाटा नगरपालीकाले भने वडा नम्वर ११ को कृष्ण सामुदायीक बनलाई ७ विगाह जग्गा फोहरमैला व्यवस्थापनका लागी मागीसकेको शुक्लाफाटा नगरपालीकाका मेयर दिल वहादुर ऐरले बताउनुभयो ।

सामुदायीक बन, जिल्ला बन र नगरपालीका विच सोही बनमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउने सहमती भएकाले अहिले शुक्लाफाटा नगरपालीका अन्तरगतका बजारमा रहेको फोहोर पनि अस्थाई रुपमा सोही क्षेत्रमा फाल्ने गरीएको छ । कञ्चनपुरको भिमदत्त नगरपालीकाले पनि फोहरमैला व्यवस्थापनका लागी नगरपालीकाको वडा नम्वर ८ मा रहेको बनको जग्गा रोजेको छ । तर वरपरका स्थानीयले उक्त क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र बनाउन नदिने भन्दै पटक–पटक विरोध गर्दै आएका छन् ।

जग्गा खरिद र आयोजना लागु हुँदा आउने विवाद समाधान गर्ने जिम्मेवारी सम्वन्धीत नगरपालिकाको नै भएकाले फोहरमैला व्यवस्थापन केन्द्रका विषयमा धेरै नागरकीहरु पनि अनभिज्ञ देखीएका छन् । त्यस बारेमा वरपरका बासीन्दालाई स्पस्ट पारेर जग्गाको टुङगो लगाउने भिमदत्त नगरपालीकाका मेयर सुरेन्द्र विष्टले बताउनुभयो ।

एसियाली विकास बैँकको ऋण लगानीमा सुरु भएको क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तरगत फोहरमैला व्यवस्थापन बाहेक १५ देखी ३० मिटर चौडा बन्ने सडकका लागी पनि केहि स्थानमा जग्गा खाली गर्नुपर्ने देखीएको छ । कैलाली र कञ्चनपुरको समृद्धीसंग जोडीएको आयोजनाका लागी अव उप–महानगरपालीका र नगरपालीकाले जग्गा व्यवस्थापनमा ढिलाई गर्नु हुदैन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved