This is a test

उपमहानगरपालिका र जिल्ला प्रसासन कार्यालयले दिने सेवाको अवस्था दयनिय: ट्रान्सपरेन्सी इन्टरनेशनल

0

दिपक जोशी, धनगढी माघ ०५ गते ।

भ्रष्टाचारको क्षेत्रमा कार्यरत गैरसंरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले कैलालीको धनगढी उपमहानगरपालिका र जिल्ला प्रसासन कार्यालयले दिने नागरिक सेवाको अवस्था अत्यन्त दयनिय रहेको प्रतिबेदन सार्वजनिक गरेको छ । संस्थाले विहीवार धनगढीमा सदाचार प्रतिबद्धता कार्यान्नयन सर्वेक्षण प्रतिबेदन सार्वजनिक गर्दै सेवाग्राहीको प्रत्यक्ष सरोकार रहने यी दुई संस्थाले दिने सेवाको अवस्था अत्यन्त नाजुक रहेको जनाएको हो ।

२०७१ साल असार २४ गते साविक धनगढी नगरपालिका, जिल्ला प्रसासन कार्यालय कैलाली र ट्रान्सपरेन्सी इन्टरनेशनलको सहयोगी संस्था सदाचारका लागि सामाजिक पहलबिच सदाचार प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । तर यो ३ बर्षमा दुबै कार्यालयमा सदाचार कार्यान्वयनको अवस्था नाजुक रहेको पाईएको सदाचारका लागि सामाजिक पहल धनगढीका संयोजक गगन अधिकारीले बताउनुभयो ।

संस्थाले दुबै कार्यालयको सेवा प्रवाह, नागरीक वडापत्रको अवस्था, सार्वजनिक सुनुवाई, कर्मचारीको व्यवहार, ढिलासुस्ती, गुनासो सुन्ने प्रथा लगायतको बिषयबस्तुमाथी सर्वेक्षण गरेको थियो । तर कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले भने आफ्नो कार्यालयको अवस्था सुधार गर्नुभन्दा पनि अर्कै संस्थालाई आरोप लगाएर पन्छिने प्रयास गरे । सेवाप्रदायक अन्य संस्थाहरुमा पनि भ्रष्टाचार मौलाएको तर शैक्षिक संस्थाहरुमा भने झनै ठुलो बेथिति रहेको उनिहरुको भनाई छ ।

आफुले अध्ययन गरेको धनगढी माध्यामिक बिद्यालयको उदाहरण दिदै सरकारी बिद्यालयमा राजनीति बढेकोले भ्रष्टाचार बढीरहेको सांसद नारदमुनी रानाले बताउनुभयो । आफ्नो कार्यालयको सदाचारको अवस्था दयनीय रहेको प्रतिवेदन सार्वजनिक हुँदा धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप ओडले पनि शैक्षिक संस्थाहरुमा राजनीति हावी भएको बताउनुभयो । उहाँले कैलाली बहुमुखी क्याम्पसमा पनि राजनिति हावी भएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved