This is a test

उपमहानगरपालिकाले हसनपुर र नैनादेबी चौकको कल्भर्टमा परेको भ्वाङ मर्मत गर्यो

0

धनगढी, पुस २३ गते ।

धनगढी उपमहानगरपालिकाले हसनपुर र नैनादेबी चौकको कल्भर्टमा परेको भ्वाङ शनिवार टालेको छ । कार्यालयका प्रवक्ता सन्तोष मुडभरीले शनिवार उप–महानगरपालीकाको मर्मत टोलीले भ्वाङ मर्मत गरेको बताउनुभयो । लामो समय सम्म भ्वाङ मर्मत नहुदा त्यहाँ हरेक दिन जसो दुर्घटना भईरहेका थिए । दैनिक हजारौ बिद्यार्थीहरुले आवतजावत गर्ने उक्त कल्र्भट मर्मत नहुदा साईकल अल्झेर बिद्यार्थीहरु दिनहु दुर्घटनामा परिरहेका छन ।

बाक्लो हुस्सु लागेका बेला बिहान त्यहाँ धेरै दुर्घटना भईरहेका छन । अघिल्लो हप्ता धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले उक्त भ्वाङ मर्मतका लागि कार्यालयबाट निर्देशन भईसकेको बताउनुभएको भएपनि भ्वाङ शनिवार मात्रै मर्मत भएको हो । गत फागुनमा मर्मत गरिएको कलभर्टमा त्यती बेला कमसल किसिमको सामाग्री प्रयोग गरिएकाले फेरि भत्किएको स्थानियले आरोप लगाएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved