This is a test

उच्च लेकाली भेगमा पनीसंगै हिउपर्न सुरु

0

शिवराज खत्री, अछाम मंसिर १९ गते ।

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कर्मचारी मतदान स्थलमा खटिएकै दिनबाट मौसममा परिवर्तन आएको छ । मंगलबारदेखि एक्कासी चिसो बढेपछि मतदान स्थलमा खटिएका कर्मचारीहरुलाई बसोबासमा समस्या भएको छ । जिल्लाको रामारोशन खप्तड ऋषिदह भटाकाटिया लगायतका उच्च लेकाली भागमा हिउपर्न सुरु भएको छ भने जिल्लाको प्राय सबै ठाउमा सिमसिम पानी पर्न थालेको छ ।

मौसमको अवस्था हेर्दा राती सम्म थप अन्य ठाउमा पनि हिउपर्न सक्ने देखिएको छ । निर्वाचनका लागि बुथमा खटिएको २०÷२२ जनाक टोलीलाई चिसोका कारणले बस्न समस्या भएको निलकन्ठ निमावि रामारोशन केन्द्रका मतदान अधिकृत भिम चलाउनेले जानकारी दिनुभयो । लेकतिर बिहानैबाट हिउपर्न सुरु हुदा सारै चिसो बढेको र राती सम्म गाउँ सम्म हिउँ पर्न सक्ने उहाले बताउनुभयो । यस्तै चिसो बढेमा निर्वाचन व्यवस्थापन गर्न थप समस्या हुने उनले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved