This is a test

उच्च भूभागमा हिउ पर्न थाल्यो, वर्षाले किसानलाई राहत

0

नरेन्द्र कार्की, दाार्चुला १२ कात्तिक ।

मौसममा आएको परिवर्तन सँगै दार्चुलामा यसवर्षको पहिलो हिमपात भएको छ । शनिबार देशभरका पहाडी क्षेत्रमा वर्षा भएको छ भने दार्चुलाका उत्तरी भूभागहरुमा हिउ पर्न थालेको छ । जिल्लाको अपि हिमाल गाउँपालिकाको उच्च भु भागमा हिउँ पर्न थालेको स्थानीय योगेन्द्र धामीले जानकारी दिनुभयो ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका शैल्यखिर नगरपालिका महाकाली नगरपालिका र लेकम क्षेत्रमा भने असिना र पानी परेको छ । वर्षा हुँदा गहुँ बाली लगाइरहेका किसानहरुलाई राहत महशुस भएको छ । गहुँ लगाउन पानी लगाइरहेको बेला पानी परेपछि राहत भएको कृषक खिमसिह धामीले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved