इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथो पटक च्याम्पीयन

0

धनगढी, १ कात्तिक ।

चौथो इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल लगातार चौथो पटक च्याम्पीयन बनेको छ । हल्द्वानी वोदोकाई कराते संघ को आयोजनामा यहि असोज २९ र ३० समम भएको प्रतीयोगीतामा ९ सोर्ण ७ रजत ५ कास्य सहित नेपाल लगातार चौथो पटक च्याम्पीयन बनेको हो ।

प्रतियोगितामा काता तथा कुमुते इभेन्ट मा कमल वोली, गणेश बि.क, पवन बुढा, प्रकाश भट्ट, हेमजित गुरुङ, मानब बि.क, राम बि.क., लक्ष्मन बि.क र बिशाल बि.क ले सोर्ण पदक हात पारे । यस्तै अर्जुन थापा, अरुण ओड, अनिल शोव, सुनिल कोलि, प्रकाश चौधरी, यनजल खड्का, र प्रवेश रानाले रजत पदकमा चित्त बुझाए ।

त्यस्तै अर्जुन थापा, अरुण ओड़, पवन बुढा, गणेश बि.क. र प्रकाश भट्टले कास्य पदक जित्नमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा भारत का विभिन्न सहर बाट २ सय १५ जना खेलाडी हरु को सहभागिता रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved