This is a test

आसन ग्रहण गराएको भन्दै पुर्वप्रधानमन्त्री नेपालको आपत्ती

0

दीपक जोशी, धनगढी माघ २६ गते ।

पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले धनगढीमा आयोजित एक कार्यक्रममा आसन ग्रहण धेरै गराएको भन्दै आयोजकको आलोचना गरेका छन्।

शुक्रवार धनगढीमा नेपाल बिद्युत प्राधिकरण कर्मचारी युनियनको दशौ केन्द्रीय सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका नेता नेपालले आयोजकले धेरै जनाको आसन ग्रहण गराएर समय खेर फालेको भन्दै आपत्ती जनाए।


‘हिजो टिकापुरमा आसनग्रहणका लागि २ घण्टा समय लगाईयो, झण्डै ५ सय जनाको आसन ग्रहण भयो होला, आज धनगढीमा पनि हलमा उपस्थीत भएका सबैलाई आसन ग्रहण गराउन समय खेर फालियो।’ नेता नेपालले भने–यस्तो चलन बन्द गरिदिनुहोस समयको महत्वलाई बुझ्नुहोस, यो राम्रो चलन होईन।

उनले आसन ग्रहण गराउदा लाग्ने समयलाई कार्यक्रमको यथार्त बिषयबस्तुमा सदुपयोग गर्न सुझाव दिए।

‘एक जनालाई आसन ग्रहण गराउदा छेउमै बसेको मान्छेलाई गराईएन भने उसले मुख न्यास्रो पार्छ त्यो भन्दा आसन ग्रहण गराउने चलनलाई नै बन्द गराईदिनुहोस, त्यसको सट्टामा व्याज बनाएर सबैलाई बितरण गरिदिए हुन्छ।’ नेता नेपालले प्रश्न गरे –हामीले समयको महत्व कहीले बुझ्ने ?

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले यसो भनिरहदा हलमा तालीको गड्गडाहट मच्चीएको थियो।

झोलामा खोला राख्नेले उर्जा संकट निम्ताए
सोही कार्यक्रममा बोल्दै नेता नेपालले झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताएको आरोप लगाए।

उनले भने –‘झोलामा खोला राखेर जथाभावी जलबिद्युत आयोजनाका नाममा लाईसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भयो, फिल्डमा काम भएन, यहि कारण नेपालमा उर्जा संकट निम्तीयो, अब सबै मिलेर भ्रष्टाचारको जालो हटाउनुपर्छ।’

उनले देश विकासका सबै कामहरु अगाडी बढाउन बिजुली आवश्यक पर्ने भएकोले जलबिद्युत उत्पादनमा लगानी बढाउनुपर्ने बताए।

‘विजुली नभई कुनै पनि काम अगाडी बढ्न सक्दैन त्यसैले पहिले बिद्युत उत्पादन बढाऔ त्यसपछि विकासका अन्य कामहरु दु्रत गतिमा अगाडी बढन सक्नेछन्।’ नेता नेपालले भने।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved