This is a test

आर.बि एग्रो फार्म प्रालिको प्रथम वार्षिकोत्सव सम्पन्न

0

कञ्चनपुर, माघ ०८ गते ।

कञ्चनपुरको कृष्णपुर नगरपालीका ९ बिचवाको आरबि एग्रो फार्म प्रालिको प्रथम बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आरबि एग्रो फार्म प्रालिका रबिन्द्र खड्कोको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमखु अथिति कृष्णपुर नगरापलिकाकी उपमेयर रमीता राना बडायक रहुनु भएको थियो ।

बार्षिकोत्सव समारोहमा बोल्दै उपमेयर रमीता राना बडायकले किसानहरुलाई सर्बसुलभ र सस्तो ब्याजमा ऋण उपलब्ध नभएका कारण किसानहरु मर्कामा परेको बताउनुभयो । उहाले कृर्षी क्षेत्रको बिकास र किासनहरुका लागि आफुहरुले विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सुदुरमा अन्डाको मागलाई मध्य नगर गर्दै एक बर्ष पहिले ३ करोडको लागतमा कुखुरा फार्म सञ्चालन ल्याएको आरबिएग्रो फार्म प्रालिका अध्यक्ष रबिन्द्र खड्काले बताउनुभयो । अहिले फार्मले दैनिक ८ हजार भन्दा बढि अण्डा बिक्रि गर्ने गरेको उहाले जानकारी दिनुभयो । आर.बि एग्रो फार्म प्रा.लि लाई स्थानिय ३ जना रबिन्द्र खड्का, शंकर चन्द र नरेन्द्र शाहि मिलेर सञ्चालनमा ल्याएका हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved