This is a test

आर्मी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा

0

सीताराम ओझा, धनगढी पुस २७ गते ।

१४ महिनापछि फुटवलमा फर्किएको रुस्लान थ्री स्टारलाई हराउँदै विभागीय टोली नेपाल आर्मी धनगढीमा भईरहेको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा पुगेको छ । बिहीवार धनगढी रंगशालामा भएको तेश्रो क्वाटरफाईनलमा थ्री स्टारमाथि २–१ को जित निकाल्दै नेपाल आर्मी अन्तिम चारमा पुगेको हो ।

थ्र्री स्टारलाई हराएको आर्मीले फाईनल प्रवेशका लागि पुस २९ गते मनाङ मस्याङ्दी र अग्नि रुपन्देही ११ वीचको विजेतासँग खेल्नेछ । दुवै टोली वीच बिहीवार धनगढी रंगशालामा खेल हुनेछ । सुरुवातको ६ मिनेटमै गोल गर्दै आर्मीका नवयुग क्षेष्टले आफ्नो टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको आर्मीका लागि दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोव्वर पारे ।

फोटो  : राजेश श्रेष्ठ  

तर त्यसको ४ मिनेटपछि थ्री स्टारले एक गोल गर्दै खेललाई २–१ को अवस्था ल्यायो । दोस्रो हाफमा आर्मीलाई दवावमा राखेको थ्री स्टारले दर्जनौ मौकाहरु प्रयोग गर्न नसक्दा कुनै गोल हुन सकेन् भने नतिजा २–१ ले आर्मीको पक्षमा गयो । आर्मीका कप्तान भरत खवास खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए ।

म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे । बिहीवार अन्तिम क्वाटरफाईनल खेल मनाङ र रुपन्देही वीच हुनेछ । । आर्मी सेमिफाईनल पुग्दा सुदुरपश्चिम ११ र एपीएफ पनि यस अघि नै प्रतियोगीताको समीफाईनलमा पुगीसकेका छन् । फाईनलमा लागि एपिएफ र सुदुरपश्चिम ११ वीच ३० गते सेमिफाईनल खेल हुनेछ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved