This is a test

आर्थीक बर्षको ६ महिनामा १० प्रतिशत विकास बजेट खर्च

0

नवराज पनेरु, धनगढी पुस २० गते ।

कैलालीमा करोडौका खानेपानी योजना कार्यान्वयन गरीरहेको खानेपानी तथा सरसफाई डिभीजन कार्यालयको भौतीक प्रगती निरशाजनक देखिएको छ । चालु आर्थीक बर्षको ६ महिना पुग्नै लाग्दा समेत खानेपानी तथा सरसफाई भिडीजन कार्यालय कैलालीको १० प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

चालु आर्थीक बर्षमा १६ करोड विकास बजेट रहेको डिभीजन कार्यालयले अहिले सम्म १ करोड ७५ लाख रकम खर्च गरेको छ । यता धनगढी नगर क्षेत्रमा खानेपानीको आपुर्ती, मर्मत र पछिल्लो समय योजना निर्माणको समेत जिम्मा पाएको खानेपानी संस्थानमा भने पुषको मध्यमा आएर बजेट स्वीकृत भएको छ । बजेट पास भएको जानकारी आएपनि अहिले सम्म खानेपानी संस्थानमा त्यस्को लिखीत जानकारी भने आईसकेको छैन् ।

विभीन्न ३ वटा शिर्षकमा कैलाली जिल्लाभरी ९७ वटा खानेपानीका क्रमागत योजना कार्यान्वयन गरीरहेको खानेपानी तथा सरसफाई डिभीजन कार्यालयको खर्च प्रगती न्युन देखीएको हो भने खानेपानी सस्थानलाई भने विकास बजेट बारे जानकारी समेत नभएको हो ।

डिभीजन कार्यालयले तराई मधेस खानेपानी सुधार आयोजना, उच्च प्रविधी युक्त केन्द्रिय खानेपानी आयोजना र सह लगानी खानेपानी आयोजना अन्तरगत ९७ वटा खानेपानी योजनाहरुको निर्माण गरीरहेको खानेपानी तथा सरसफाई डिभीजन कार्यालय कैलालीका डिभीजन प्रमुख नारायण प्रशाद काफ्लेले बताउनुभयो ।

अहिले सम्म प्रगती निराशाजनक देखीएपनि धेरै काम भईसकेको तर भुक्तानी मात्रै बाँकी रहेकाले अवको ३, ४ महिना भित्रै विकास बजेट खर्चको दर ह्वात्तै बढ्ने डिभीजन प्रमुख काफ्लेले बताउनुभयो । धनगढी नगर क्षेत्रमा खानेपानीको आपुर्ती, मर्मत र पछिल्लो समय योजना निर्माणको समेत जिम्मा पाईरहेको खानेपानी सस्थानलाई भने अहिले सम्म आफ्नो कार्यालयको विकास बजेट कति हो भन्ने पनि थाह छैन् ।

पौषको मध्यमा आएर बजेट स्वीकृत भएको जानकारी पाएपनि बजेट कति आयो र कुन योजना स्वीकृत भए भन्ने बारे भने जानकारी नपाएको खानेपानी सस्थानका प्रमुख अरविन्द्र कुमार लाल कर्णले बताउनुभयो । कैलाली जिल्लामा अहिले सम्म साढे ९७ प्रतिशत जनङख्यालाई खानेपानीको सुविधा पुगीसकेको तथ्याङक राखीएको छ ।

तर त्यस्मा सुद्ध खानेपानीको पहुँचमा रहेको जनङख्या प्रतिशत भने ६० मात्रै रहेको छ । चालु अवस्थामा रहेका ९७ वटा खानेपानीका योजनाहरु सम्पन्न भएभने जिल्लाभरी नै सुद्ध खानेपानीको पहुँच हुने डिभीजन कार्यालयको दावी छ । ९७ वटा क्रमागत योजना मध्ये केहि यहि आर्थीक बर्षमा सम्पन्न हुने छन् भने केहि योजना सम्पन्न हुनका लागी बर्षाै लाग्ने देखीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved