This is a test

आर्थिक वर्षको छ महिनामा पनि स्थानीय तहमा आएको कृषिको बजेट खर्च हुन सकेन

0

दीपक जोशी, धनगढी माघ २१ गते ।

धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रका लागि यस बर्ष सवा करोड बजेट बिनियोजन गरेको छ । कृषि उत्पादनसिलता बढाउन बिभिन्न बुदामा गरी १ करोड २७ लाख रकम बिनियोजन गरिएको हो । तर आवश्यक कर्मचारी उपलब्ध नहुदा कृषिका ति कार्यक्रमहरु संचालन गर्न भने कठिन देखिएको छ ।

कृषिका बिभिन्न ७ वटा शिर्षकमा १ करोड २७ लाख रकम छुट्याएको धनगढी उपमहानगरपालिकामा कृषिका कर्मचारीहरुको व्यवस्थापन भने हालसम्म हुन सकेको छैन । जसकारण उपमहनागरपालिकाले कृषिका लागि बजेट छुट्याएको भएपनि त्यसको सफल संचालनमा चुनौती देखिएको हाल कृषिका लागि उपमहानगरपालिकामा खटाईएका प्राबिधिक कर्मचारी दिलिप बर्माले बताउनुभयो ।

धनगढी उपमहानगरपालिकाले बाली विकास कार्यक्रम, सहकारी खेती साना सिचाई तथा मल ढुवानी कार्यक्रम, आलु तरकारी तथा मसाला बाली कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मत्स्य विकास कार्यक्रम, कृषि प्रसार कार्यक्रम र माटो परिक्षण तथा सुधार सेवा गरी ७ ओटा शिर्षकमा १ करोड २७ लाख रकम बिनियोजन गरेको छ । यि सबै कार्यक्रमका लागि अलग अलग कृषिका बिज्ञ कर्मचारी आवश्यक पर्ने तर हालसम्म उपलब्ध नभएका कारण कृषिका कार्यक्रम संचालनमा चुनौती रहेको उहानले बताउनुभयो ।

उपमहानगरपालिकामा अधिकृत स्तरका कृषि विज्ञ खटाउने व्यवस्था रहेको छ । तर हालसम्म आवश्यक रहेका प्राबिधिक कर्मचारीहरु समेत उपलब्ध नहुदा कृषिको काम सुरु नै हुन सकेको छैन । जिल्लामा कर्मचारी उपलबध नै नभएका कारण व्यवस्थापन गर्न नसकिएको बुझीएको छ ।

तर धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड भने कृषिका कर्मचारीहरु उपलब्ध गराउने प्रयास भईरहेको बताउनहुुन्छ । चालु आर्थिक वर्षको ६ महिना विति सकेको छ तर अहिले सम्म किसानका लागि भएका कार्यक्रमहरु लागु हुन सकेका छैनन । कैलालीमा वर्षमा तरकारी मात्रै ५५ करोड भन्दा बढी आयात हुने गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved