This is a test

आफु प्रधानमन्त्री भए हप्काउन दप्काउन सकिने : देउवा

0

प्रकाश सिंह, बाजुरा मसिंर ०३ गते ।

प्रदेश नम्बर ७ मा चार दिनदेखि चुनावी सभा र कार्यक्रमहरु सम्बोधन गरिरहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको आषय एउटै देखिएको छ । कैलालीको लम्की देखि गृह जिल्ला डडेल्धुरा, दार्चुला, बैतडी र शनिवार बाजुरामा गरेका अधिकांस भाषणमा देउवाले काँग्रस जितेमा आफु प्रधानमन्त्री हुने र आफु प्रधानमन्त्री भए आफुलाई हप्काउन दप्काउन सकिने भन्दै मतदाता रिझाउन थालेका हुन ।

सधैं कार्यकर्ता र मतदातासँग झर्किने स्वभावका देउवाको यस्तो भाषण सुनेपछि मतदाता पनि विभिन्न अड्कल गर्न थालेका छन । शनिवार बाजुरामा पनि उहाँले काग्रेसले जितेमा फेरी म प्रधानमन्त्रि बन्छु, म प्रधानमन्त्रि भएमा तपाइहरुको घरकै ब्यक्ति भएकाले तपाइहरु मलाई जति बेला पनि हप्काउन दप्काउन सक्नुहुन्छ भन्ने कुरा छुटाउनु भएन । उहाँले केपी ओली र प्रचण्ड सुदुरपश्चिमको विकास विरोधी नेता भएको र उहाँहरु प्रधानमन्त्री भएमा सुदूरपश्चिमबासीको पहुँच नै नपुग्ने बबताउनुभयो ।

बाजुरा जिल्लाका २ वटा स्थानिय तह मात्र पिछडिएको क्षेत्र भएतापनि नौ वटै क्षेत्रलाई दुर्गम तथा पिछडीएको क्षेत्र घोषणा गर्ने उहाँले बताउनुभयो । काग्रेसले जितेमा मात्र बाजुरालाई गरिब र भोकमरिमुक्त क्षेत्र घोषणा गर्ने देउवाको दाबी थियो । उहाँले प्रदेश नम्बर ७ को पर्यटन प्रबद्धन, गाँउ गाउँमा सडक र बत्ति पुगाउने आश्वासन दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved