कैलालीमा यसरी मनाईयो प्रहरी दिवस

0

नवराज पनेरु, धनगढी २७ असोज ।

६२ औँ प्रहरी दिवस प्रदेश नम्वर ७ मा पनि विभीन्न कार्यक्रम गरी मनाईदै छ । प्रहरी दिवसको अवसरमा सेती अञ्चल प्रहरी कार्यालयले धनगढीमा श्रद्धान्जली तथा शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोवीन्द रिजालको प्रमुख आतीथ्यमा भएको कार्यक्रम अञ्चल प्रहरी कार्यालय सेतीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षा दानसिह बोहराको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक जनकराज पाण्डेय, पुर्व प्रहरी सङगठन कैलालीका अध्यक्ष दल वहादुर वोगटी, अमर प्रहरी तथा असक्त परिवार संघका केन्द्रिय सदस्य राम वहादुर डगौरा लगायतले बोल्नु भएको थियो ।

दिवसकै अवसरमा सुदुरपश्चिममा कार्यरत प्रहरी अधिकृत सहित सबै प्रहरीहरुले जनताको जिउधनको सुरक्षाको लागी ज्यानको आहुती दिन पनि तयार रहेको बताएका छन् । प्रहरी दिवसकै अपसरमा यस क्षेत्रमा हुने अपराधीक गतिवीधी, निर्वाचनमा हुने सुरक्षा चुनौतीलाई निमीट्यान्न पार्न सुदुरपश्चिम प्रहरी कार्ययोजनाका साथ अगाडी बढिरहेको दावी पनि गरीएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved