This is a test

आज शिवरात्री

0

एफएम संम्वाददाता, धनगढी फागुन ०१
हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको विभीन्न शिवालयमा विहानैदेखि घुइँचो छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
कैलालीका प्रसिद्ध धार्मिक स्थल तथा शिव मन्दिरमा पनि शिवरात्रीको अवसरमा मेला लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवपुरी धाम र जाखोरतालमा रहेको शिवमन्दिरमा मेला लागेको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved