आज विश्व शिक्षक दिवस मनाईंदै

0

धनगढी, १९ असोज ।
‘शिक्षकमा लगानी, भविष्य सुनिश्चित’ भन्ने नाराका साथ आज (बिहीबार) विश्व शिक्षक दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९४ देखि अक्टोवर ५ तारिखमा यो दिवस मनाउन थालिएको हो । विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नुका साथै शिक्षकले बौद्धिक, नैतिक र क्षमतावान युवा शक्तिको निर्माण गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । सामाजलाई सकारात्मक दिशामा र्डोयाउन शिक्षकका लागि समय सापेक्ष विभिन्न सुविधा, तालिम तथा प्रविधिको ज्ञान दिने गरेको सरकारले जनाएको छ । नेपालमा स्थायी, अस्थायी, करार र राहत गरी झण्डै तीन लाखको हाराहारीमा शिक्षक छन् । यसमध्ये एक लाख ७ हजार स्थायी शिक्षक रहेको शिक्षा विभागले जनाएको छ ।सन् २०२० सम्म विश्वभरमा प्राथमिक शिक्षाको पहुँच र्पुयाउन १ करोड २६ लाख प्राथमिक तहका शिक्षक आवश्यक रहेको युनेस्कोले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved