This is a test

आज पनि तोकिएन प्रदेश प्रमुख र अस्थायी मुकाम

0

काठमाडौं, पुस २८ गते ।
सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताउनुभयो । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ । संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नपाएको निर्वाचन आयोगका पदाधिकारीहरू बताउँछन् ।
साभार : आनलाईनखबर

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved