This is a test

आइसिसी लिग डिभिजन टू : आज नेपालले ओमानसंग खेल्दै

0

माघ, २६ गते ।

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा शुक्रबार नेपालले ओमानसँग खेल्दैछ । बिहीबारदेखि नामिबियामा सुरु भएको प्रतियोगितामा घरेलु टोली नाबिबियालाई हराएर विजयी सुरुवात गरेको नेपालले शुक्रबार ओमानको समाना गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे नामिबियाको विन्डहोकमा सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित क्यानडा, ओमान, केन्या, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले बिहीबार पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको हो । जितसँगै नेपाल ६ राष्ट्र सम्मिलित प्रतियोगितामा २ अंकसहित तेस्रो स्थानमा छ । राउन्ड रोबिन लिगका आधारमा सन्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोली आउँदो वर्ष हुने एक दिवशीय विश्वकप क्रक्रिकेट छनौट खेलका लागि छानिने छन् । केन्या, युएई, नामिबिया र नेपाल वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शनपछि तल झरेका हुन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved