This is a test

असोज यता पानी नपरेपछि अछामका गहुँफल्ने खेत बाझै

0

शिवराज खत्री, मंगलसेन माघ १९ गते ।

असोज देखि पानी नपरेपछि अछाममा खाद्य संकट हुने अनुमान गरिएको छ । पानी नपरेपछि गहुँ फल्ने खेतहरु बाँझो परेका छन् । हिउँदेबाली छरेपनि, आकासे पानीको भरमा रहेका किसानका खेत बाझै भएका हुन । लामो खडेरीका कारण गहुँ उत्पादनमा कमि आउने चिन्ताले किसानलाई सताउन थालेको छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ७ का किसान धनराज खत्रीले लगाएको आधा बाली नउम्रिएको र उम्रिएको पनि पानी नपरेपछि सुक्न थालेको बताउनुभयो । प्राय आकासे पानीको भरमा खेती गरिने जिल्लाको कालिका, नवाठाना, मष्टामाण्डौ, बुढाकोट, घुघुरकोट, मंगलसैन, पायल, मार्कु, दुनी पातलकोट लगायतका गाउँका अधिकांश जमिन बाझै छ ।

खेतीपातीलाई मात्र नभएर यस बर्षको लामो खडेरीले मेलापातमा घाँस पनि नउम्रिदा पशुपंक्षीलाई खुवाउने आहारमा समेत निकै असर परेको छ । माघ ९ गते सामान्य पानी परेपनि त्यो सिचाईका लागि प्रर्याप्त नभएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक अनुसार अछाम जिल्लाको कुल १४ हजार पाँच सय ८० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved