This is a test

अब तालीम नलिएर अनुभव लिएकै आधारमा सिप सिकेको प्रमाणपत्र

0

दीपक जोशी, धनगढी पुस १२ गते ।

बिभिन्न सरकारी तथा गैरसरकारी निकायबाट लामो अबधीको तालीम लिएर पनि दक्ष जनशक्ती उत्पादन हुन नसकेको आरोप लागिरहेका बेला अब तालीम नलिएर अनुभव लिएकै आधारमा सिप सिकेको प्रमाणपत्र पाईने भएको छ । आफुसंग भएको सिप प्रदर्शन गरेकै आधारमा प्रमाणपत्र बितरण गर्न व्यवसायीक योग्यता निर्धारण प्रणाली नामक परियोजना सुरु भएको छ ।

यसले कागजमा दक्ष तर व्यवहारमा अदक्ष कामदार उत्पादन हुने परिपाटीको अन्त्य गर्दै सक्षम र सबल जनशक्ती उत्पादनमा टेवा पुग्ने दावी गरिएको छ । कागजमा तालीमको प्रमाणपत्र पाएका अधिकांस व्यक्तीहरु व्यवहारमा पटक्कै सिप नसीकेका हुने गरेको गुनासो लामो समयदेखी आउने गरेको छ । तर अब कुनै औपचारीक अध्ययन गरेकालाई मात्र नभई अनुभवका आधारमा पनि सिप सिकेको प्रमाणपत्र बितरण गर्ने कार्य सुरु हुन लागेको छ ।

सिटिईभिटीबाट मान्यता पाउने गरी नेपाल व्यवसायीक योग्यता निर्धारण प्रणाली मार्फत घरमै सिप सिकेका व्यक्तीहरुले पनि योग्यता अनुसारको प्रमाणपत्र पाउने व्यवसायीक योग्यता निर्धारण प्रणालीका प्रमुख देविप्रसाद दाहालले बताउनुभयो । नेपाल सरकार एवं स्वीस सरकार बिच सम्झौता भए बमोजीम व्यवसायीक शिक्षा तथा तालिमको क्षेत्रमा बृहत्तर विकाशका लागि यो परियोजना कैलालीमा पनि लागु हुने चरणमा छ । त्यसका लागि बुधवार धनगढी उपमहानगरपालिकासंगको समन्वयमा यहाँ स्थित सरोकारवाला संघ संस्था तथा स्थानिय तहका कर्मचारीहरुसंग छलफल गरिएको छ ।

घरमै सिप सिकेकालाई योग्यताका आधारमा प्रमाणपत्र दिईए दक्ष जनशक्ती उत्पादन हुने र यसले उद्योगधन्दा सहित कामदारहरुलाई समेत निकै उपयोगी हुने परियोजनाले दावी गरेको छ । परियोजना लागु गर्न आधारभुत कामहरु सुरु भईसकेको र २०७५ सालभित्रै प्रमाणपत्र बितरण गर्ने गरी तयारी भएको व्यवसायीक योग्यता निर्धारण प्रणालीका प्रमुख दाहालले बताउनुभयो ।

यसअघि केहि समयको औपचारीक तालिमपछि सिप सिकेको प्रमाणपत्र दिने तर उसले कति सिप सिकेको छ भन्ने मापदण्ड नतोकिने गरेकोले कामदारको दक्षतामा अभिबृद्धी हुन सकेको थिएन । अब औपचारीकता प्राप्त गर्नुभन्दा पनि साच्चीकै दक्ष बनाएर मात्र प्रमाणपत्र दिन थालीए कामदार र उद्योग सबैलाई फाईदा पुग्ने बताउदै धनगढीका उद्योगी महेश दाहालले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved