This is a test

अबको पाँचवर्षमा समृद्ध प्रदेश बनाउने नीति र कार्यक्रम ल्याउन राजधानीबासी आग्रह

0

जनक विष्ट, धनगढी फागुन ०८ गते ।

प्रदेश सरकारले पुर्णता पाएपछि, प्रदेशको राजधानीका बासिन्दाले अबको पाँच वर्षमा ७ नम्बर लाई समृद्ध प्रदेश बनाउन आग्रह गरेका छन । उनीहरुले मन्त्रीपरषद र निर्वाचीत सबै दलका प्रदेशसभा सदस्यले प्रदेशको विकासका लागि एक भएर अगाडी बढ्नुपर्ने सुझाव पनि दिएका हुन् ।

प्रदेश नम्बर ७, कृषि, पर्यटन, जलस्रोत, जडिबुटी र बनजंगलमा धनी भएकाले अबको प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा सदस्यहरुले तीनको दोहनका नीति बनाउन पनि आग्रह गरेका छन । प्राकृतिक सम्पदाले भरिपुर्ण यो प्रदेशमा उपलब्ध विभिन्न स्रोतको उपयोग गर्दै तीनको प्रयोग गर्न सकेमा मात्रै ५ वर्षमा ७ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउन सकिने बताएका छन् ।

धनगढीका स्थानीय भवानी रेग्मीले प्रदेश नम्बर ७ लाई ५ वर्षमा नमुना प्रदेश बनाउन यहाँका प्राकृतिक सम्पदा जल, जडिबुटी र बनजंगलको सदुयपोग गनुपर्ने बताउनुभयो । प्रदेश संसदले नीति मात्रै नभई, यस प्रदेशका सम्भावनाको अध्ययन समेत गर्न धनगढीबासीको सुझाव छ ।

अझ धेरैले त, तराई क्षेत्रमा रहेको ऐलानी जग्गाको लालपुर्जाको समस्या, वषौँदेखी व्याप्त रहेको छाउपडी कुप्रथा, जातिय विभेद र लैङ्गिक विभेदको अन्त्य र यहाँका युवाले विदेशमा गएर ज्यालादारी गर्नुपर्ने बाध्यताको अन्त्यका लागि पनि प्रदेश सरकार, मुख्यमन्त्री तथा निर्वाचीत प्रदेशसभा सदस्यले ध्यान दिन अनिवार्य रहेको बताएका छन् । तारानगरका स्थानीय गणेश प्रसाद ओझाले तराईमा रहेको ऐलानी जग्गको लालपुर्जा वितरणतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाँले समाजमा व्याप्त छाउपडि कुप्रथा, जातिय विभेद अन्त्य गर्न र प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । गतिलो अन्तराष्ट्रिय सीमा नाका नभएको अवस्थामा धेरै राजधानीबासीले, धनगढी–गौरीफन्टा र गड्डाचौकी–बनबसा नाकाको सतरोन्नतीका लागि पनि ध्यान दिन प्रदेश सरकारलाई सुझवा दिएका छन् ।

राज्यबाट जहिलेपनि अपहेलीत हुदै आएको गुनासो गर्दै आएका आपाङगता भएका व्यक्तिहरुले समेत प्रदेश सरकारसँग आफुहरुका धेरै आशा जोडिएको बताएका छन् । उनीहरुले प्रदेश सकारले प्रदेशको समृद्धिका साथसाथै आफुहरुका हक अधिकार पनि संरक्षीत गरिदिन आग्रह गरेका छन । नेत्र युवा संघ कैलालीका अध्यक्ष अजर््ुन रावलले अपाङ्गता भएका व्यक्तिको समान सहभागिता र हक अधिकार संरक्षीत गरिनुपर्ने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved