अपि हिमाल गाउँपालिकाका पर्यटकीय क्षेत्रको पहिचान गर्न गुरु योजना बनाइने

0

नरेन्द्र कार्की, दार्चुला १६ असोज ।

दार्चुलाको अपि हिमाल गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गर्न गुरु योजना बनाइने भएको छ । सदरमुकाम खलंगाबाट दुर्गम क्षेत्रमा रहेको पर्र्यटकीय क्षेत्र प्रचार प्रसारमा ओझेल परेको भन्दै गाउँपालिकाले गुरुयोजना बनाउने भएको हो । आर्थिक वर्ष ०७४÷७५ को बार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत पर्यटकीय क्षेत्रको पहिचान गर्न गुरुयोजना बनाइन लागेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । गाउँपालिकाले पर्यटनसम्बन्धी गुरुयोजना निर्माणको लागि पहिलो वर्ष ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने पर्यटन पूर्वाधार अध्ययनको लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष मन्यालले बताउनुभयो । पर्यटकीय क्षेत्र भएपनि यहाँको प्रचार प्रसार हुन सकेको छैन । गुरुयोजना मार्फत पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन खोजिएको अध्यक्ष मन्यालले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved