अपडेट : डोटी दुर्घटनाका गम्भीर घाईते ६ जना भारत रेफर

0

एफएम संवाददाता, डोटी ०२ कार्तीक ।

तिहारको मुखमा आज डोटीको बड्डीकेदार गाउँपालिकाको सदरमुकाम खड्यौलीमा सुदूरपश्चिम यातायातको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यू भएको छ भने २१ जना घाईते भएका छन । सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस बड्डीकेदार गाउँपालिकाको अत्तरकाँडाबाट धनगढी तर्फ २४ जना यात्रु बोकेर फर्कदै गर्दा खड्यौली भन्ने स्थानमा सडकबाट तल खसेको हो । बस, सडकबाट झण्डै डेढ सय मीटर तल खसेको प्रहरी उपरिक्षक मधुसुधन लुईटेलले जानकारी दिनुभयो । दुर्घटनामा बड्डीकेदार गाउपालिका मान्नाकापडीका जगदीश चन्द, सोही गाउकी ३५ बर्षिया निर्मला पुनमगर र ३ बर्षिया पुष्पा कुमारी जेठाराको घटनास्थलमै ज्यान गएको छ । बोगटान सडकका रुपमा चिनिने सो रुटमा बर्षातका बेला सडक अवरुद्ध थियो । गाउँपालिकाले चाडपर्वका बेला आवागमन सुचारु गर्न भन्दै हालै सडक मर्मत गरेपछि यातायात सञ्चालन भएको थियो ।

दुर्घटनामा घाईते १८ जनालाई सेती अञ्चल अस्पताल धनगढी ल्याईएको छ । तीन मध्ये पनि गम्भिर ६ जनालाई भारत रिफर गरिएको सेती अञ्चल अस्पतालको ईमरजैस्सी वार्डका ईञ्चार्ज कृष्ण बोहराले जानकारी दिनुभयो ।

डोटीको बड्डीकेदार गाउँपालिकाकी १४ वर्षिया पुजा पुन, सोही ठाउँका ६० वर्षिय केसर सिह भाट, लानाकेदारका ३३ वर्षिय दिपक रोक्का, कैलालीको लम्कीचुहाका ३४ वर्षिय लालबहादुर बम, सोही ठाउँका ५७ वर्षका अर्का पनि लालबहादुर बम र कैलालीको बौनीयाका ५५ वर्षिय अमर बहादुर बमलाई सेती अञ्चल अस्पतालले भारत रेफर गरेको हो । प्रहरीले बसको स्टेरिङमा खराबीका कारण दुर्घटना भएको जनाएको छ ।

घाईते यात्रुहरुले पनि बसको स्टेरिङमा खराबी आए पनि चालकले बाटोमा ठोकठाक गर्दै ल्याएको बताएका छन । बसका चालक प्रकाश बहादुर सिह भने दुर्घटना लगत्तै फरार रहेका प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved