अन्तराष्ट्रिय बालिका दिवस मनाईयो

0

धनगढी, २६ असोज ।

अन्तराष्ट्रिय बालिका दिवस सुदुरपश्चिममा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । यस वर्षको बालिका दिवस विभिन्न कारणले विश्वमा आउने विपदका क्रममा, विपद अघि र पछि बालिकाहरुले सामना गर्नुपर्ने चुनौती तथा अवसर पहिचान तथा ध्यानाकर्षणको सुरुवातका रुपमा मनाइएको छ । बालिका दिवसको अवसरमा सरकारले भने औपचारिक कार्यक्रम नराखेको पनि गैरसरकारी क्षेत्रले यो दिवसलाई मनाएका छन । बालिकाहरुको शैक्षिक, सामाजिक विकासको लागि संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । तर सुचना प्रविधिको विकासले वालिकाको भु्रण हत्या भने वढ्दै गएको छ । जस कारण वालिकाभन्दा वालकहरुको संख्या वढेको छ । कैलाली कञ्चनपुरका सीमावर्ती वजार क्षेत्रमा गएर लिंग पहिचान गर्दै भ्रुण हत्या भईरहेको हो ।
यसै विषयमा सहकर्मी नवराज पनेरुले वालवालिकाका क्षेत्रमा कार्यरत सिविन नेपालका कैलाली जिल्ला संयोजक माधव लोहनीसँग कुराकानी गरेका छन ।
कुराकानी:-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved