This is a test

अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ ? यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल

0


वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइलरल्यापटप प्रयोगकर्ताले भोग्दै आएको समस्या हो । यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ । यदि यी चिजहरुलाई इन्टरनेटको अभिशाप भनियो भने सायद गलत हुनेछैन । फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स भरिनेमात्र होइन यसले प्रयोगकर्तालाई नोक्सान पूराउने जोखिम पनि हुन्छ । कतिपय सर्भिस प्रोभाइडरहरु वा अन्य मानिसहरु उनीहरुको इमेल सर्भिस अनसब्सक्राइब गरिसकेपछि पनि इमेल पठाइरहन्छन् । यसबाट बच्नका लागि जिमेलले यस्तो व्यवस्था गरेको छ की प्रयोगकर्ताले अनावश्यक इमेलहरु ब्लक गर्न सक्दछन् ।
यसरी ब्लक गर्नुहोस् जिमेलमा कसैको इमेल

  1. सबैभन्दा पहिले गुगलमा आफ्नो इमेल आइडी पासवर्डसँगै लगइन गर्नुहोस्
  2. जुन इमेल पठाउने व्यक्ति, ग्रुप वा सर्भिस प्रोभाइडरलाई तपाइँ ब्लक गर्न चाहनुहुन्छ, त्यसको नाम सर्च गर्नुहोस्
  3. उसको इमेल ओपन गर्नुहोस्
  4. पठाउनेवालाको नामरठेगानाको तल देखिएको तिखो आकारको चिन्हमा क्लिक गर्नुहोस्
  5. त्यहाँबाट द्ययिअप क्भलमभच’क लबmभरबमचभकक को विकल्प छान्नुहोस्

यसो गरिसकेपछि तपाइँले आफुले नचाहने इमेल वा सेलेक्टिभ प्रयोगकर्ताबाट आउने खालका इमेलबाट बच्न सक्नुहुनेछ ।
एजेन्सी र अनलाईनखबर

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved