अत्तरिया मोहना सडक निर्माणको प्रकृया अन्तीम चरणमा (अडियो)

0

धनगढी, ११ साउन ।


अत्तरिया मोहना १४ किलोमिटर सडक निर्माणको प्रकृया अन्तीम चरणमा पुगेको हो । तीन वटा ठेक्का दिईएकोमा तीन वटै ठेकेदारले मोबलाईजेशन पेश्की लिई सकेका छन । बन मन्त्रालयले रुख कटानको आदेश दिईसकेको छ । रुख हटाउने काम हुने वित्तिकै विजुलीका पोल, टेलीफोन र खानेपानी सार्ने काम सुरु हुनेछ ।

रुख काट्नका लागि बढीमा ढाई महिना लाग्ने र रुख नभएका स्थानमा त्यसअघि नै निर्माण काम सुरु हुने अत्तरिया–मोहना सडक योजनाका प्रमुख नविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले वातावरण प्रभाव मुल्यांकनको रिपोर्ट पनि स्वीकृत भईसकेकाले अबको केही महिनाभीत्रै सडक निर्माणको काम सुरु हुने बताउनुभयो । कहिले देखि हुन्छ त फिल्डमा काम ?सप्ताहीक स्तम्भ हाम्रो सडकका लागी सहकर्मी शिवराज भट्टले योजना प्रमुख नविनमान श्रेष्ठलाई सोधेका छन् ।
कुराकानी सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved