This is a test

अतिक्रमीत जग्गा खाली नहुदा विकास निर्माणले गति लिन सकेन

0

नवराज पनेरु, धनगढी माघ २७ गते ।

धनगढी नगरको कुनै पनि गुरुयोजना तयार नपारेरै अन्धाधुन्द संरचना निर्माणको अनुमती दिएपछि अहिले आएर विकास निर्माणका गतिवीधी अगाडी बढाउन समस्या हुन थालेको छ । नगर क्षेत्रमा अहिले विकास निर्माणका लागी ठुला योजनाहरु लागु भएपनि विगतमा दुरदृष्टी विना नै व्यक्तिगत संरचना निर्माणका लागी दिईएको अनुमतीले ति योजनाहरु पनि प्रभावीत भईरहेका छन् ।

विगतमा धनगढी नगरपालीका, नापी कार्यालय, नगर विकास समिती लगायतका सरकारी निकायले नै प्रति जग्गाको जथाभावी प्रयोग गर्ने अनुमती दिएपछि अहिले विकास निर्माणका गतिवीधी सञ्चालन गर्न समस्या भएको छ । सघन सहरी विकास कार्यक्रम अन्तरगत अहिले धनगढी उप–महानगरपाालीकाका अधिकासं वडाहरुमा सडक निर्माणको काम भईरहेकोमा स्थानीयबाट विरोधका स्वरहरु पनि बढ्दै गएको धनगढी उप–महानगरपालीकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो ।

वडा नम्वर ६ मा मात्र नभई, वडा नम्वर २, १ लगायतका अधिकासं वडाहरुमा यस्तै समस्या आएको छ । फुलवारी क्षेत्र गुरुयोजना अनुसार विकास भएकाले त्यहाँ विकास निर्माणका गतिवीधी सञ्चालन गर्न खासै समस्या देखीएको छैन् । तर सावीकको धनगढी नगरपालीकामा, नगरपालीका सहित नगर विकास र नापी कार्यालयले नै खोलानाला र सडकमै जग्गा पास गरेपछि समस्या बढि देखीएको छ ।

विगतमा धनगढी नगर क्षेत्रका सडकहरुको चौडाई कुनैपनि मापदण्ड नहेरी आफुखुसी निर्धारण गरीएको थियो । धनगढी उप–महानगरपालीकाले पनि १६ फिटमै जग्गा पास गर्ने गरेको थियो । भुकम्पपछि नेपाल सरकारले नै कम्तीमा पनि २० फिटमा मात्रै जग्गा पाष गर्न निर्देशन दिएको थियो । त्यसैमा सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजना जस्ता ठुला आयोजनाहरु आएपछि उप–महानगरपालीका लागी सडकको अधिकार क्षेत्र समेत खाली गर्न हम्मे हम्मे भईरहेको छ ।

विगतमा गुरुयोजना विना नै नगरको विकास गरीएकाले समस्या आएको उप–महानगरपालीकाका प्रवक्ता सन्तोष मुडभरीले बताउनुभयो । अहिले सघन सहरी विकास कार्यक्रम र क्षेत्रीय सहरी विकास आयोजना कार्यक्रम मार्फत धनगढीमा चिल्ला र फराकीला सडक बनाउने योजना राखीएको छ । तर कुनै दुरदृष्टी बिनाको अन्धाधुन्द गरीएको विकासले अहिले आएर ठुलो समस्या खडा गरीदिएको छ । त्यसैले अव नगरको विकास गर्दा बर्षौपछिको दुरदृष्टी राख्न आवश्यक छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved