अछामी बड्डो भाग २, डोटीकी छो¥याट्टि बजारमा (भिडीयो सहित)

0

बीपी अनमोल, महेन्द्रनगर ९ भदौ ।

चर्चित देउडा गायक एंव सञ्चारकर्मी लालबहादुर धामीको अछामी बड्डो भाग २, डोटीकी छो¥याट्टि बजारमा आएको छ । एकमहिना अघि देखी छायाङ्कन शुरु गरिएको गीतको म्यूजिक भिडियो बजारमा आएको हो । अडियो गीत भने भिडियो छायाङ्कन शुरु हुनु तीनदिन अघि नै बजारमा आइसकेको थियो । सुदूरपश्चिमको भाषा, संस्कृति र कलाको संरक्षण गर्न गीत बजारमा ल्याईएको गायक धामीले बताउनुभयो । उहाको पहिलो गीत अछामी बड्डो निकै चर्चित भएको थियो ।

सुदूरपश्चिम क्षेत्रमा उक्त गीतलाई धेरैले मन पराएका थिए । खप्तड डिजिटल म्युजिक प्रालीको प्रस्तुती रहेको अछामी बड्डो २ को डोटीकी छो¥याट्टि बोलको गीतमा गायक लाल बहादुर धामी ‘अछामी बड्डो’ र टीका पुनको सुमधुर आवाज रहेको छ । गीतकार राजेन्द्र शाह बिपीको शब्दमा रहेको डोटीकी छो¥याट्टि गीतमा बिनोद बाजुरेलीले संगीत दिएका छन् ।

डोटीकी छो¥याट्टी गीतलाई भीम थापाले निर्देशन गरेका छन् भने सह निर्देशन देव भण्डारी र मासुम विष्टले गरेका छन् । उक्त गीतलाई सतिश सिन्हाले छायाङ्कन गरेका हुन् । गीतको अडियो रेकर्डिङ्ग मालश्री रेकर्डिङ्ग स्टुडिया र दृष्य सम्पादन शिवदर्शन फिल्म पुतलीसडक काठमाण्डौंले गरेको हो ।

भिडीयो हेर्नुहोस :

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved